मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पहलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलको लगानीमा ढल प्रशोधन केन्द्र सैनामैना–३, रामबस्ती र सैनामैना–४, अस्नैयाडा“डामा निर्माण गरिएको छ । उपभोक्ताहरुले भान्सा, शौचालय, स्नान गृहमा प्रयोग गरेको पानी ढलमा जडान गरि प्रशोधन केन्द्रमा प्रशोधन गरि वातावरणिय सरसफाइका लागि खोलामा पठाउने व्यवस्था मिलाइएको छ ।
व्यक्तिगत तथा सामुदायिक सरसफाई अन्तरगत जनचेतना मूलक कार्यक्रम संचालन गरिएको छ । सडक वरपरको वातावरणलाई स्वच्छ राख्नका लागि विद्युत पोलहरुमा क्यलेम्प जडान गरि संस्थाको सेवाक्षेत्र भित्र फाईबर ग्लास डस्टबिन जडान गर्ने काम भइरहेको छ ।
यस क्षेत्रका जनताहरुले यो संस्था स्थापना हुनु अगाडी हेण्डपम्प, इनार, कुवा, खोला, खोल्साको पानी संकलन गरि प्रयोग गर्ने चलन थियो । जुन पानीमा आर्सेनिक, टि.डि.एस., रसायनिक, जैविक र भौतिक तत्वहरुको बढी र कम हुने मुहान र श्रोतहरु प्रदुषित हुने भएकाले पानी परिक्षण विना प्रयोग गरिने हु“दा पानी सम्बन्धी धेरै रोगहरुको सिकार हुनु पर्ने थियो । संस्था स्थापना पश्चात नेपाल सरकारको मापडण्ड अनुसार बनेका योजनाहरुले पानी परिक्षण गरि वितरण प्राणालीलाई चुस्त दुरुस्त राखिने हु“दा मानव स्वास्थ्यमा पानी जन्य रोगहरुको न्यनिकरण भएको छ ।
वर्तमान परिपेक्ष्ँमा चुरे पहाड नदी खोलाहरुको प्राकृतिक दोहनले गर्दा भुमिगत पानीको स्तह घटने जस्ले गर्दा स्थापित संस्थाहरुको पानी वितरण प्रणालिमा समस्या उत्पन्न हुने भएकाले वातावरण मैत्री बन्न हामी सबै सजग र सर्तक रहनुपर्ने अवस्था आएको छ ।
अन्त्यमा आज सम्म यस संस्थालाई यह“ा सम्म ल्याइ पु¥याउनका लागि साथ सहयोग र संस्थाको श्री वृद्धिमा यहा“हरुले पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनहरुमा पनि यह“ाहरुको साथ सहयोगका लागि यो संस्था अपेक्षा राख्दछ ।