Top
ईमेल
info@murgiyakhanepani.org.np
टेलीफोन
+९७७-७१-४४०१५५
कार्यालय समय
आइ - शुक्र १०:०० - ०४:००

भावी कार्य योजना

  1. संस्थाको कार्यक्षेत्र भित्र नगरपालिकाको मापदण्ड पुगेका सबै सडकहरुमा उपभोक्ताको माग र सहभागितामा दोहोरो पाईप लाईन विस्तार गर्ने कार्यलाई निरन्तरता प्रदान गरिने छ ।
  2. संस्थाको सेवा क्षेत्र भित्र रहेका खानेपानी च्याम्बरहरु मर्मत तथा नया“ निर्माण कार्यलाई थप व्यवस्थित गरिने छ ।
  3. नेपाल सरकारको एक घर एक धारा निति अन्तर्गत स्वच्छ खानेपानी बाट कोहि वन्चित नरहने गरी उपभोक्ताको माग आएमा प्रक्रिया पुरा गरी धारा जडानलाई उच्च प्राथमिकता दिइने छ साथै आर्थिक रुपमा कमजोर भएका, कुनै व्यवसायमा संलग्न नभएका, कुनै पनि विलाशिताका समाग्रीहरु प्रयोग नगरेका घरधुरीमा खानेपानी जडान गर्न नसकेको अवस्थालाई अध्ययन प्रतिवेदनको आधारमा ७५ प्रतिशत छुटमा धारा जडानको व्यवस्था गरि कमजोर आर्थिक अवस्था भएका घरधुरीलाई शुद्ध खानेपानीको पहुच सम्म पु¥याउनको लागी यो कार्य समिति गम्भीर रहेको व्यहोरा सम्मानीत सधारण सभा समक्ष अवगत गराउन चाहन्छु ।
  4. संस्थाको मुल पाईप तथा शाखा लाईनहरु र समरसिवल मोटर, प्यानल बोर्ड, ट्रान्सफार्मर, जेनेरेटर लगायतका विद्धुतिय उपकरणहरु आवश्यकता अनुसार मर्मत तथा उचित व्यवस्थापन गरिने छ ।
  5. संस्थाको पम्प नं. १ मा रहेको बोरि¨लाई प्राविधिकको राय सुझाव अनुसार उपयुक्त साइजको मोटर जडान गरी प्रयोगमा ल्याउने व्यवस्था मिलाइने छ ।
  6. भुमिगत खानेपानीका श्रोतहरुको सतह दिन प्रतिदिन घटिरहेको हु“दा खानेपानी बोरि¨को वरिपरी रिचार्ज पोखरी निमार्ण गर्न बजेटको व्यवस्था मिलाइएको छ ।
  7. सैनामैना न.पा. वडा नं. ४ सिसौडा“डामा रहेको सिचाईको बोरि¨लाई (सिचाई यथावत रहने गरी) आवश्यकता अनुसार प्रक्रिया मिलाई स्वच्छ खानेपानीमा रुपान्तरण गर्न पहल गरिने छ ।
  8. स्वच्छ खानेपानी वितरण गर्न यस संस्थाको ओभरहेड ट्यांकी प्रत्येक महिनाको अन्तिम शुक्रवार सरसफाई कार्यलाई नियमित गरिनेछ ।
  9. संस्थाको पाईपलाईन सरसफाइका लागी वास आउट प्वाइन्टहरुलाई थप व्यवस्थित गरी आवश्यकता अनुसार सरसफाइ गरिनेछ ।
  10. प्रत्येक ६–६ महिनामा कम्तीमा एक पटक नेपाल सरकारको मान्यता प्राप्त प्रयोगशालामा (ल्याव टेस्ट) खानेपानी परिक्षण गराई सो को नतिजा सार्वजनिक गरिनेछ ।
  11. खानेपानी शुद्धिकरणका लागी आवश्यक विलिचि¨ पाउडर, डोजि¨ प्रविधिको प्रयोग गरि शुद्धिकरणलाई निरन्तरता दिईनेछ ।
  12. संस्थाको एक आर्थिक वर्षको कुल बचत रकमको १०∞ रकम सरसफाइ तथा जनचेतनामुलक कार्यक्रमका लागी छुट्याई कार्य विधि निर्माण गरी सोहि अनुसार काम गरिनेछ ।
  13. संस्थामा रहेको फुलबारीलाई थप व्यवस्थित गर्नुका साथै सैनामैना–३ खकनपुरमा निर्माणाधिन आयोजनामा फुलबारी निर्माण गरिने छ ।
  14. सैनामैना नगरपालिका संग परामर्श गरी संस्थाको पूर्व तर्फको खाली जग्गामा पार्कि¨ र मुल गेट निर्माण गरिनेछ ।
  15. सैनामैना नगरपालिका वडा नं. ३ मा संचालनमा रहेको प्रथम चरण ढल आयोजनाको सेवा क्षेत्र भित्र ढल जडान गर्न बा“की रहेका उपभोक्ताहरुलाई अनिवार्य ढल जडान गर्न गराउन जनप्रतिनिधि सहित घरदैलो अभियान संचालन गर्ने व्यवस्था गरिनेछ ।
  16. सैनामैना नगरपालिका वडा नं. ४ मा निर्माणाधीन दोस्रो चरणको ढल आयोजनालाई प्रभावकारी अनुगमन गर्ने र प्रथम र दोस्रो चरणका ढल प्रशोधन केन्द्रमा वृक्षारोपण गरिनेछ ।
  17. सैनामैना–३ रामबस्तीमा रहेको ढल प्रशोधन केन्द्रमा मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लागत सहभागितामा तारबार, गेट निर्माण, चौपारी र पोखरी निर्माण कार्यका लागि सम्बन्धित कार्यालय संग सम्झौता गरी काम सम्पन्न गरिने छ ।
  18. सैनामैना–३ खकनपुरमा निर्माणाधीन खानेपानी आयोजनाका लागी व्यवस्थित कार्यालय निर्माण गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय योगीकुटीमा योजना थप गराउन अनुरोध गरिनेछ ।
  19. संस्थाको सेवा क्षेत्र भित्रको लोकमार्गमा आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माणका लागी जग्गाको व्यवस्थापन गरी प्रदेश नं.५ भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाई महाशाखामा योजना माग गरिनेछ ।
  20. अध्ययन अवलोकन भ्रमण तथा प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  21. संस्थाको सेवा क्षेत्र भित्र दिन प्रतिदिन शहरीकरण बढ्दै गएको हु“दा पाइपलाईन विस्तार, धारा जडान तथा मर्मत कार्य समेत बढ्दै गएकोले मौजुदा कर्मचारीहरुबाट मात्र प्रभावकारी कार्य सम्पादन गर्न कठिन भएकोले आवश्यकता अनुसार थप कर्मचारीहरुको व्यवस्थापन गरिनेछ ।
  22. संस्थाको सेवाक्षेत्र भित्रका उपभोक्ताहरुलाई प्रभावकारी छिटो छरितो सेवा प्रदान गर्नका लागी १२५ सि.सि.का दुई थान मोटरसाइकल खरिद गर्न बजेट विनियोजन गरिएको छ ।
  23. संस्थाको हाताभित्र अन्दाजी ५०० सिट क्षमता भएको सुविधा सम्पन्न सभाहल निर्माण गर्न ५०÷५० लागत सहभागितको लागी सैनामैना नगरपालिकाको कार्यलय बुद्धनगर रुपन्देहीमा योगना माग गरिनेछ ।
  24. उपभोक्ताहरुको सुविधालाई ध्यानमा राखी अशक्त र अस्वस्थ भएको अवस्थामा फोन मार्फत आएका गुनासा तथा समस्यालाई समाधान गरिने व्यवस्था मिलाइनेछ ।
  25. संस्थामा दैनिक रुपमा भइरहेका कार्यहरुलाई सुव्यवस्थित गर्न दैनिक रिपोर्ट तयार गरि कार्यालय प्रमुख मार्फत कार्य समितिमा पेश गर्ने व्यवस्था मिलाइनेछ ।
  26. उपभोक्ताहरुलाई स्वच्छ पानी उपलब्ध गराउन खानेपानी सुरक्षा योजना टोली मार्फत अनुगमन कार्य संचालन गरि उपभोक्ताहरुका गुनासा सम्बोधन गर्ने व्यवस्था मिलाइनेछ ।
  27. खानेपानी महशुल सम्बन्धमा उपभोक्ताहरुका गुनासा अध्ययन गर्नका निम्ती अध्ययन उप समिति बनाई गुनासाहरु सम्बोधन गर्ने व्यवस्था मिलाइनेछ ।
  28. ढल जडान कार्यलाई प्रभावकारी बनाउन र उपभोक्ताहरुलाई ढल जडानका लागी प्रेरित गर्न मेन च्याम्बर देखी नालीको बाहिरी भाग सम्म १६०mm को एच.डि.पि.ई. पाइप अनुदान स्वरुप उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।
  29. संस्थाका छिमेकी साना खानेपनी आयोजनाहरु प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापनका निम्ति प्रक्रिया पुरा गरि समायोजन हुन चाहेमा यस संस्थाले आफ्नो सेवा क्षेत्र विस्तार गर्न इन्छुक रहेको व्यहोरा सम्मानित साधारण सभा समक्ष प्रस्ताव पेश गर्दछु ।
  30. संस्थाले उपभोक्ताहरुलाई पु¥याएको सेवा सुविधाको बारेमा खोज, अध्ययन, अनुसन्धान गरि अनुसन्धानबाट आएका सल्लाह सुझावहरुलाई आत्मसाथ गर्दै, परिमार्जित र परिष्कृत हुदै जिम्मेवारीका साथ उपभोक्ताहरु लाई सेवा प्रदान गर्ने उदेश्यले पर्रोहा बहुमुखी क्याम्पस संग खोज अनुसन्धानका लागि बजेट विनियोजन गरि सम्झौता गरि कामलाई अगाडि बढाईएको छ।
  31. संस्थाका उपभोक्ताहरुले संस्थासंग समन्वय नगरी व्यक्तिगत प्रयोजनका लागी मेशिनरी औजार प्रयोग गरि पाईपलाईनमा क्षति पुराएमा सो पाईपलाईन मर्मत गर्दा लाग्ने सम्पुर्ण लागत खर्च स्वयं उपभोक्ताले वहन गर्नु पर्नेछ ।