मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था प्रदेश नं. ५ रुपन्देही जिल्लाको उत्तर पश्चिममा अवस्थित एक सेवा मुलक संस्था हो । यो संस्था विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जम्म स्थल लम्बिनी देखि करिब २१ कि.मि. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित सैनामैना नगरपालिका वडा नं. ४ मुर्गिया बजारमा अवस्थित सेवा मुलक संस्था हो ।
तत्कालिन परिवेशमा यस क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या भएकाले सो समस्या समाधानका लागि र जनतालाई स्वच्छ र सफा पानी वितरण गर्ने उदेश्यले यहाँको जनघन्त्व वृद्धिलाई ध्यानमा राखी खानेपानीका आधारभुत समस्यालाई समाधान गर्नका लागि नेपाल सरकार र फिनलेण्ड सरकारको संयुक्त लगानी, साविक पर्रोहा गा.वि.स. र स्थानिय बासिन्दाहरुको सहकार्यमा २०५८ सालमा योजना निर्माण कार्य प्रारम्भ भई २०६१ सालमा निर्माण सम्पन्न गरि खानेपानी वितरण गर्दै आइरहेको छ । जसको ओभरहेड ट्ंयाकीको क्षमता ४,५०,००० लिटर रहेको छ ।
सुरुवातमा योजनाका लक्षित घरधुरी संख्या २२५० रहेकोमा हाल २०७७ साल आषाढ मसान्त सम्ममा कुल धारा संख्या ३००० भन्दा बढि जडान भई प्रयोगमा आइरहेका छन् । बसाई सराई तिव्र रुपमा वृद्धि भएकाले उपभोक्ताहरुको मागलाई सम्बोधन गर्नका लागि २०७४ सालमा तत्कालिन कार्यसमितिको नेतृत्वमा स्थानिय राजनैतिक दलका नेताहरुको पहलमा तत्कालिन अर्थ मन्त्री विष्णु पौडेल संग अर्थ मन्त्रालयमा डेलिगेसन गई मुर्गिया खानेपानी सुधार विस्तार कार्यक्रम थप गराई सैनामैना–३, खकनपुरमा ४,५०,००० लिटर क्षमताको ओभर हेड ट्ंयाकी निर्माण गरि उपभोक्ताहरुलाई खानेपानी वितरण गर्न वर्तमान कार्य समिति सफल भएको छ ।